२०७८ कार्तिक ६ गते शनिवार
२०७८ कार्तिक ६ गते शनिवार

दाङमा कोरोना संक्रमित भेटिए भनी फेसबुकमा लेख्ने पक्राउ

तुलसीपुर,
२ वैशाख ।
दाङमा फेसवुकमा अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार कोरोना भाइरस सम्बन्धी फेसवुकमा अफवाह फैलाउने दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २८ बर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।

न्यौपानेले मंगलबार विहान दाङमा पनि एकजना कोरोना भाइरस संक्रमित भएको भनी फेसबुकमा स्टाटस राखेको प्रहरीले बताएको छ । यस बिषयमा आबश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

न्यौपानेले घोराहीमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन् ।