२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मुख्यमन्त्रीलाई खुलापत्र : प्रतिष्ठानमा राजनीति नगर्नुहोस्

माननीय मुख्यमन्त्री ज्यु,
प्रदेश ५
अहिलेसम्म दाङमा परिक्षण गरिए जति सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ, जुन हामी दाङबासीहरुको लागि सुखद पक्ष हो। त्यसैगरी जुन गतिमा र दायरामा परिक्षण भैराखेको छ, भन्नै पर्छ यो दुःखद पक्ष हो।

‘यथासिघ्र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट कोबिड १९ को परिक्षण शुरु गर्छौ’ तपाईंले भनेको पनि आज १२/१५ दिन भैसक्यो । यथासिघ्र भन्ने शब्दको समयसीमा कति दिन हो ? दाङबासीले प्रश्न गरिराखेका छन्। राज्यको स्थायी संरचनालाई नै बेवास्ता गर्दै म्यादी संरचनालाइ राज्यले रातारात करोडौं बजेट छुटाउनुको सट्टा उक्त बजेट यदि तपाईंले बोलेको राप्ती स्वास्थ्यबिज्ञान प्रतिष्ठानमा छुट्याईको भए अहिलेसम्म यहाँबाट परिक्षण सुरु भैसक्थ्यो ।

तपाईंले बोलेको कुरा पुरा नगर्नाले दङ्गाली जनता दुखि त छन् नै तपाईंको बोलिको विश्वसनियता माथी नै प्रश्न चिन्ह खडा भएको छ। मुख्य मन्त्री ज्यु यो बिपदको घडीमा जनतालाई ढुक्क हुने वातावरण गराइदिनुस । मेरो यो पनि अनुरोध छ, कि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राजनीति आफु पनि नगर्नुहोस् र कसैलाई गर्न पनि नदिनुहोस ।

जनताको स्वास्थ्यसँग राजनीति गर्ने अधिकार कसैको छैन। जनता नै सर्वशक्तिमान हुन् भन्ने हेक्का राख्नुपर्छ। यो बेला सम्पुर्ण दाङबासिले यो प्रश्न गरिराखेका छन र खबरदारी पनि गरिराखेका छन् र म जनतासंगै सहमत छु।

महेश श्रेष्ठ
(महाधिवेशन प्रतिनिधि)
नेपाली काङ्ग्रेस, दाङ