२०७७ कार्तिक ८ गते शनिवार
२०७७ कार्तिक ८ गते शनिवार

कोरोना संक्रमितसँगै आएका दुईसहित ११ जना आइसोलेसनमा

दाङ,
२ बैशाख ।
कैलालीकी कोरोना संक्रमित महिलासँगै यात्रा गरेका दाङका दुई जना र उनीहरुका परिवारका सदस्यसहित ११ जनालाई बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ।

वीरगन्जबाट सँगै आएका राप्ती गाउँपालिकाका एक जना र उनका परिवारका चार सदस्य तथा सँगै आएका घोराहीका एक जना र उनका परिवारका पाँच सदस्य गरी ११ जनालाई आइसोलेसनमा राखिएको हो। घोराहीका ६ जनालाई सोमबार र राप्तीका ५ जनालाई आज मंगलबार अस्पताल लगिएको छ।

उनीहरु चैत १७ गते संक्रमित महिलासँगै वीरगन्जबाट दाङसम्म आएका थिए। कैलालीकी महिलामा सोमबार संक्रमण पुष्टि भएपछि उनीसँगै यात्रा गर्नेहरुको खोजी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।

कोरोना अस्पतालमा अहिले १४ जना छन्। तीमध्ये नौ जनाको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको छ। अन्यको स्वाब पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ।