२०७७ असोज ८ गते बिहिवार
२०७७ असोज ८ गते बिहिवार

तुलसीपुर क्वारेन्टाइनमा बसेका तीन जना घर फिर्ता

तुलसीपुर,
३ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका तीन जनालाई होम क्वारेन्टाइनमा रहने गरी घर पठाइएको छ । उपमहानगरपालिकाको रक्षाचौरमा बसेका तुलसीपुर–१३ का तीन जनालाई आज घर पठाइएको हो ।

उनिहरुलाई घरमा कम्तिमा पनि एक हप्ता क्वारेन्टाइनमा बस्ने गरी छोडिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक तथा कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । उनिहरु क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि ¥यापिड डायग्नोष्टिक टेष्टबाट कोरोना भए÷नभएको जाँच गरिएकोमा सबैको रिर्पोट निगेटीभ देखिएको छ ।

जनप्रतिनिधि, टोलविकास संस्था लगायतको निगरानीमा रहने गरी उनिहरुलाई घर पठाएको उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले रक्षाचौरमा स्थापना गरेको क्वारेन्टाइनमा अब १९ जना रहेका छन्