२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भारतबाट तरकारी आयात बन्द गर्न नेबिसंघको माग

दाङ,
३ बैशाख ।
भारतीय तरकारीका कारण कोरोना संक्रमणको जोखिम रहेको भन्दै नेविसंघ दाङले भारतबाट तरकारी आयात बन्द गर्न माग गरेको छ । नेविसंघ दाङ र महेन्द्र बहुमुखी क्याम्पस ईकाईले तत्काल भारतीय तरकारी आयात बन्द गरेर कोरोना संक्रमणको जोखिम टार्न सरकारसंग माग गरेका हुन् ।

भारतबाट आयात हुने तरकारीका कारण कोरोना संक्रमण हुन सक्ने भन्दै तुलसीपुरका केहि तरकारी पसलहरु बन्द गराईएका छन् । नेविसंघ दाङका कार्यवाहक अध्यक्ष टोपवहादुर बुढाथोकी र महेन्द्र बहुमुखी क्याम्पस इकाई सचिव कुलराज पोख्रेलले बिज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमणको खतरा बनेको भारतीय तरकारी आयातमा पूर्ण रुपमा प्रतिवन्ध गर्न सरकारसंग माग गरेका हुन् ।

‘भारतीय तरकारी आयात कोरोना संक्रमणका लागि निकै जोखिम मानिएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘भारतीय तरकारी आयातलाई पूर्णरुपमा प्रतिवन्ध गरेर कोरोनाबाट सुरक्षित बस्ने वातावरण मिलाईदिन सरकारसंग माग गर्दछौँ ।’

अहिले सरकारले भारतीय नाका बन्द गरेर व्यक्ति आवातजावत बन्द गरेको छ । तर तरकारी आयातमा भने प्रतिवन्ध लागेको छैन । कोरोनाका कारण विश्व आजित बनिरहेको अवस्थामा हेलचेक्र्याँई गर्न नहुने भन्दै विज्ञप्तीमा तरकारी आयातमा प्रतिवन्ध लगाएर थप सजगता अपनाउन अपरिहार्य रहेको उल्लेख गरिएको छ ।