दाङ,
३ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले भारतवाट ल्याएको टमाटर नियन्त्रणमा लिएर नष्ट गरेको छ । भारतबाट टमाटर आइरहेको खवर पाएपछि बेलदमार पुगेर टमाटर नियन्त्रणमा लिएको संघका महासचिव नरेशकार्कीले जानकारी दिए ।
टमाटर ल्याउने पक्षसंग कहाँवाट ल्याएको र कहाँ लैजाने भन्ने कुनै आधिकारीक प्रमाण नभएको कार्कीले बताए । सो गाडी नेपाली भएता पनि टमाटर भने भारतवाट ल्याएको भन्ने धेरै आधारहरु भेटिए पछि संघमा ल्याएर सरोकारवालाहरु संगको छलफल पछि नष्ट गर्ने निर्णय गरेको हो ।
लु १ च १९६२ नम्वरको गाडीमा ल्याउँदै गरेको ८५ क्यारेड (२१२५केजि) टमाटर नियन्त्रणमा लिएको संघका अध्यक्ष नाराणण प्रसाद भुसालले जानकारी दिए । संघले वाहिरी जिल्लावाट तरकारी तथा फलफुल ल्याउन रोक लगाएको छ । तर व्यवसायिहरुले अटेरी गरेर ल्याएकाले नियन्त्रमा ल्याएको संघले जनाएको छ । टमाटर नियन्त्रणमा लिनका लागि संघका अध्यक्ष नारायणप्रसाद भुसालको नेतृत्वमा संघका कोषाध्यक्ष शुसिल पोख्रेल र सदस्य महेन्द्र वुढाथोकीको सहभागिता रहेको थियो ।
केही दिन यता तरकारी वितरणमा जनगुनासो आएपछि संघले व्यवस्थित वितरणका लागि थप रणनितीहरु अगाडि वढाएको र आगामी दिनमा यसै उपमहानगरपालिका भित्रका कृषि उत्पादनहरुलाई बजारमा ल्याउनका लागि सवै वडाका अध्यक्षहरु संग छलफल र परामर्श अगाडि वढाएको महासचिव कार्कीले बताए ।