२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

अस्पतालले भर्ना नलिएपछि कोरोना संक्रमित मल्लको घर मै मृत्यु

काठमाडौ‌,
४ वैशाख ।
अमेरिकामा कोरोना स‌ंक्रमणका कारण अर्को एक जना नेपालीको मृत्यु भएको छ। अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएको छ। कोरोना भाइरसका बिरामी पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेपछि घर मै निधन भएको अमेरिकामा बस्दै आएकी पद्यमा प्रधानले जानकारी दिइन्।

सन् २०१२ मा अमेरिका पुगेका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाने काम गर्थे। मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन्। हालसम्म अमेरिकामा पाँच सय भन्दा बढी संक्रमित भएको जनाइएको छ।