विश्वभरी फैलिरहेको र मानव जातिलाइ नै ठूलो संकटमा पारिरहेको कोरोना भाइरस (कोभिड १९) को असर अनि जोखिम बढिरहँदा नेपालको सिमामा अड्किएका नेपाली मजदुर, युरोप, अमेरिका र अरबमा अत्यास लाग्दो फुर्सद र तर्साइरहेको मृत्युको तथ्याङ्कले टोलाएका नेपाली आफन्त, अन्यौल र अनिश्चितताको बादलमा अलमलिएको संसार आँखा भरी छाउँछ ।
सडकको घाम खाँदै र बाटोमा कतै प्रहरीले समाउँछ कि भन्ने डरबाट सुरक्षीत हुँदै हप्तौं लगाएर आफ्ना घर फर्किदै गरेका मजदुरहरुको मनमा के बितेको होला ? उनिहरु पनि रोगलाई निम्तो दिन त हिँडेका होइननु होला । उनिहरुको पनि भोको पेट भरिदिन सरकारले परिचयपत्र माग्यो र त तेसरी जोखिम मोलेर हिँडिरहेका छन् । गरिब असहाय अनि फुटपाथमा ब्यबसाय गरेर खाने एक जिल्लाबाट अर्को जिल्ला गएका सबैसङ्ग परिचयपत्र हुन्छ भन्ने कहाँ छ र ? मानवीय धर्मले पनि भोको पेटलाई खाना दिनु पर्नेमा अभिभावक भनिएका जनप्रतिनिधिबाटै परिचयपत्र नभए भोकै बस्ने भनेको खबर सुन्दा लाग्छ शासकहरुले पनि भुलेछन क्यार ती दिन जब जनता ले आफू मरेर यो नयाँ ब्यबस्थाका लागि लडेका थिए ।
हजारौं आमा अनि बा हरुले आफ्ना सन्तान लडाइँमा पठाए कतिले बिरगती प्रप्त गरेका खबर सुन्दा आफ्ना पछेउरी भिजाए तर पनि हारेका थिएनन्, किन कि उनिहरुले सोचेका कि गरिब निमुखा सर्बहारा अनि मजदुरका पनि दिन आउलान । कुनै दिन ब्यबस्था फेरिएला अनि हैसियत फेरिएला भनेर । तर अँह रोकिएन उनिहरुलाइ भोकै पैदल हिँडाउने, भोकै सुताउने अनि बिदेशमै अलपत्र पार्ने र उनिहरुको नाका बन्द गर्ने शासकरुको सासकत्व ।
देश छोड्न धम्की दिइरहेका अरब, अष्ट्रेलिया, अमेरिकामा रोगको भन्दा रोजिरोटी गुम्ने डर भएकालाई कतै सिंहदरवारले बिर्स्योकी ? या माहामारीमा पनि तेहि भुकम्पको जस्तो तिर्पाल पनि नछाड्ने बानी अँझै नछुटेर अहिले पनि मास्क अनि स्यानिटाइजर पिपिइ लुकाउन तिर ब्यस्त छ । केही ब्यक्तिको सोच छ फेरि बिदेशमा भएका तेहि बस्ने हो, कोरोना लिएर नेपाल जाने होइन आउने होइन त्यो नेपालको लागि खतरा हो । अरे बिदेश मा बसेकाहरु पनि कोरोना बोकेर नेपालमा फैलाउन चाहेका होइनन् बध्यताले भएको जागीर गुम्दा अनि भिजा सकिदा खान बस्न नै अप्ठ्यारो भएकालाई त केही ब्यबस्था गर्नु पर्ने होला नि ?
फेरि नेपालमा पनि बाहिरबाट आउने जतिलाइ क्वारेन्टाइनमा राख्ने राम्रो ब्यब्स्था मिलाउनु पर्छ । काठमाडौमा राहत कोष छ रे त्यो कोषमा पैसा छ रे, के त्यो पैसालाई ती बिदेशमा अनि भारतमा रहेका मजदुर हरुको प्रबाह छैन ? काठमाण्डौंमा कुर्सी छन, कुर्सिमा तिनै मजदुरका मुक्ती दाता कहलिएका मान्छे छन, के तिनिहरुलाई ती मजदुर हरुलाइ आफ्नो देश ल्याउने कुनै चिन्ता होला ? एउटी आमालाइ आफ्ना सन्तान स्कुलबाट अलिकती ढिला आउँदा मन जल्दछ रे तर हाम्रा हजारौं आफन्त ढोका बाहिर हामिलाइ भित्र पस्न देउ भनी गुहार माग्दा पनि हामी ढोका बन्द गरि यो हुरि बतास मा बाहिर छोड्न चै मन दुख्दैन र ?
सम्झिन्छु नेपालमा त कम्युनिस्ट को सरकार छ माओका बिचार मान्ने हरुको सरकार छ अनि फेरि सम्झिन्छु माओको यो बिचार ‘हाम्रा केही कमरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् र खासगरीकन अलग विचार सुन्न तयार हुनुहोस् ।’ खै त हाम्रा कम्युनिस्ट भनौदाले यो वाद लागू गरेको ?
नेपालमा अझै पनि कोरोना टेस्टको गति चाहिए जति बढिरहेको छैन । अँझै पनि बिदेश वा भारतबाट आएका लाई १४ दिन क्वारेन्टाइनमा राखेर कुनै लक्षण नदेखिए छोडिदिने टेस्ट नगर्ने जुन प्रवृत्ति छ यो यकदमै गलत छ । तेस्को उदाहरण पेप्सिकोला अपार्ट्मेन्टमा बसेका ब्यक्तीहरुलाइ बिदेशबाट आएको करिब १ महिनासम्म नि लक्षण नदेखिनु हो । त्यसैले लक्षणको बाटो नहेरि बाहिरबाट आएका सबैलाइ टेस्ट गर्नु जरुरी छ । टेस्ट गरी संक्रमण देखिएकालाई आइसोलेट गर्ने र उनिहरुको सम्पर्क ट्रेस गर्ने काम कत्ती पनि ढिला गर्नु हुन्न । पछिल्लो समय भन्दा अलिकती टेस्टको संख्या बढे पनि त्यो अँझै प्रयाप्त छैन बिज्ञहरुका अनुसार । अँझै समय छ तर तुरुन्तै गर्नु राम्रो हुन्छ ।
भानुभक्त के.सी
दाङ, नेपाल
(हाल युएइ)