तुलसीपुर,
४ वैशाख । दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलले ४ स्थानीय तहको खाद्य बैंकमा एकै दिन खाद्यान्न सहयोग गरेको छ । हस्पिटलका कार्यकारी अध्यक्ष हरि रिजाल, सदस्य दोर्ण वली, निर्देशक जीवन भण्डारीसहित हस्पिटलका पदाधिकारीहरुले बिहीबार सबै स्थानीय तहमा पुगि सहयोग हस्तान्तरण गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकामा १ हजार केजी चामल, एकसय केजी दाल, ५० केजी नुन, ५०लिटर तेल सहयोग गरिएको हो । त्यस्तै शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा पनि सहयोग गरिएको निर्देशक भण्डारीले बताए । उनका अनुसार यी तीन वटा गाउँपालिकामा प्रत्येकमा ५ सय केजी चामल, ५० केजी दाल, २५ लिटर तेल, २५ केजी नुन सहयोग गरिएको हो ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरेको समयमा गरीब, अत्ति विपन्न नागरिकमा दैनिकी चलाउन समस्या हुने गरेको भन्दै सहयोग गरिएको उनको भनाई छ ।
२४ घण्टा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले नागरिकको रोगमा मात्रै नभई भोगमा पनि सहयोग गर्नु पर्ने भन्दै पश्चिम दाङका स्थानीय तहमा सहयोग गरेको उनले बताए । ‘‘हस्पिटलले स्वास्थ्य सेवा निरन्तर दिईरहेको छ’ उनले भने‘रोगमा सेवा दिइरहेको हस्पिटलले नागरिकलाई समस्या पर्दा दैनिकी चलाउन पनि सहयोग होस भनी राहत प्रदान गरेका हौं ।’’ आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने निर्देशक भण्डारीले बताए ।
हस्पिटलले सरकारलाई आबश्यक परेको खण्डमा क्वारेन्टाईन र आइसोलेसन समेत उपलब्ध गराउन सक्ने कार्यकारी अध्यक्ष रिजालले बताए । अहिले अस्पतालले २४ घण्टा नै आपतकालिन र सल्यक्रिया सेवा प्रदान गर्दै आएको उनको भनाई छ । साथै ज्वरो नाप्ने कार्य जारी रहेको छ । मुलुकमा संकट परेको अस्थामा एक जिम्मेवार संस्थाको हैसियतमा आम जनताको भरोसाको केन्द्रका रुपमा अस्पताललाई अगाडि बढाएको समेत अध्यक्ष रिजालले बताए ।