२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

माइती जान हिँडेकी महिला रुखमा झुन्डिएको अवस्थामा फेला

सल्यान,
४ वैशाख ।
सल्यानमा घरबाट माइती जान हिँडेकी एक महिला मृत्त फेला परेकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ७ पानीखोलाकी २० वर्षिया सुशिला बुढाथोकी बिहिबार मृत्त फेला परेकी हुन ।

२ गते दिउँसो घरबाट माइती जान्छु भनेर हिँडेकी बुढाथोकी रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुढाथोकी माइतमा नपुगेपछि स्थानीय र आफन्तले खोजी गरी रहेका थिए । खोजी गर्ने क्रममा माइती गाउँ नजिकैको जंगलमा मृत्त फेला परेको प्रहरीले बताएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।