२०७७ माघ ३ गते शनिवार
२०७७ माघ ३ गते शनिवार

पूर्वसभामुख महराद्वारा विपद् कोषमा १ सय बोरा चामल सहयोग

दाङ,
४ वैशाख ।
पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोष दाङमा १ सय बोरा चामल जम्मा गर्नुभएको छ। आज बिहीवार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाउनु भएको हो।

कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन। मुलुक यतिबेला लकडाउनमा रहेको र विपन्न परिवार, ज्यालादारी गर्ने मजदूर र विभिन्न कारणले चुलो नै लक्ड हुने अवस्थाका नागरिकहरुलाई उक्त चामल जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्ने बताइएको छ।

पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद महराले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक नबसोस भनेर जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलव्ध गराएको बताउनु भयो।

‘कोरोना संक्रमणले यतिबेला मुलुकलाई छोएको मात्र छ’, महराले भन्नुभयो, ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ। त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु।’