२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

लकडाउन अवधिको ब्याज मिनाहा गर्न आग्रह

बुटवल,
५ वैशाख ।
रूपन्देहीका होटल तथा रेस्टुरेन्ट व्यवसायीले लकडाउन अवधिको बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहा गर्न माग गरेका छन् । होटल तथा रेस्टुरेस्ट व्यवसायी संघले विज्ञप्ति जारी गरी सरकारसँग यस्तो आग्रह गरेको हो ।

लकडाउनमा व्यवसाय सञ्चालन गर्न नसकिएको र आम्दानीको स्रोत पनि बन्द भएकाले व्यवसायीले लिएको ऋणको ब्याज मिनाहा गर्नुपर्ने अध्यक्ष समुन्द्र जीसी र महासचिव माधवकुमार खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले यसअघि नै भाडाका घरमा व्यवसाय सञ्चालन गरेकाको मासिक भाडामा ५० प्रतिशत छुट गरिदिन माग गरेकोमा त्यसलाई पुनः दोहोर्‍याएको छ । जिल्लामा सानाठूला गरी ६ हजार होटल–रेस्टुरेन्ट व्यवसायी छन् । उनीहरूले व्यवसाय सञ्चालन गर्न ४ अर्बभन्दा बढी ऋण लिएको विज्ञप्तिमा उल्लेख छ ।