२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

अमिलियाबाट ७ जना मजदुरको उद्दार

तुलसीपुर,
५ वैशाख ।
गोरखामा काम गर्दै आएका मजदुरहरुलाई तुलसीपुर उपमहानगरपालिकाले अमिलियाबाट उद्दार गरेको छ । लकडाउनका कारण विभिन्न साधनको प्रयोग गर्दै त्यहाँ अलपत्र अवस्थामा रहेको वडा नम्वर २ कुमलगढीका ७ जना कामदारलाई तुलसीपुरले उद्दार गरेको हो । उनीहरुले अफ्ठेरोमा परेको भन्दै उपमहानगरपालिकालाई सूचना गरेका थिए ।

आज शुक्रवार विहान उनीहरुलाई उपमहानगरपालिकाको गाडीले अमिलियाबाट उद्दार गरेर ल्याएको जनस्वास्थ्य प्रवद्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनले उद्दार गरिएका सबैलाई कुमलगढीमा रहेको सामुदायिक होम क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

उद्दार गरिएका श्रमिकहरुलाई १४ दिन सम्म क्वारेन्टाईमा राखिने विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । उनले क्वारेन्टाइनमा सबै सुविधा उपलब्ध हुने समेत वताए । क्वारेन्टाइनमा राखिएकाहरुको नियमित स्वास्थ्य जाँच हुने पनि स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिए । उपमहानगरपालिकाले रक्षाचौरमा १ सय वेडको क्वारेन्टाइन वनाउनुका साथै विभिन्न वडामा आवश्यकता अनुसार सामुदायिक क्वारेन्टाइन पनि सञ्चालन गर्दै आएको छ ।