तुलसीपुर,
५ वैशाख । कोरोना संक्रमणको उद्दार र व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा तुलसीपुरमा युवा व्यवसायीहरुले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थीक सहयोग गरेका छन् ।
कोरोना महाबिपतिको समयमा कोहि ब्यक्ति रोग र भोकले मर्न नपरोस भन्ने उद्देश्यले तुलसीपुर मेयर बिपद् ब्यवस्थापन कोषमा तुलसीपुरका युबा ब्यबसायी सुरेश हमाल, रामप्रसाद चालिसे, यमबहादुर बिसि, बसन्त केसि, निर्मल बस्नेत, चेतबहादुर केसि, हरिलाल पौडेल, रामचन्द्र केसि, संजय पराजुली र डिल्ली केसिको टिमद्वारा आज उक्त रकम मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको हो ।
उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । चेक ग्रहण गर्दै नगरप्रमुख पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए ।