२०७८ कार्तिक ८ गते सोमवार
२०७८ कार्तिक ८ गते सोमवार

सेनिटाइजर कालोबजारी गर्ने एक पसललाई २ लाख जरिवाना

नेपालगन्ज,
५ वैशाख ।
सप्लाइ ओन्ली लेखिएको सेनिटाइजर कालोबजारी गरी बढि मुल्यमा विक्री गर्ने नेपालगन्जको एक पसललाई जरिवाना गराइएको छ । नेपालगन्ज बाइपास स्थित रहेको हिल्स मेडि सप्लायर्सलाई तत्कालै कारबाहि स्वरुप दुई लाख जरिवाना गराइएको हो ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजको संयोजकत्वमा नेपालगंज उपमहानगरपालिका कारकाँदौ बाइपास रोड स्थितमा औषधि तथा सर्जिकल पसलको अनुगमन गर्दा सेनिटाइजरको २२ प्रतिशत भन्दा बढि मुल्य राखेकाले तत्कालै दुई लाख जरिवाना गराइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उक्त सप्लायर्समा कमला मेडिसिनबाट गएको देखिएको अनुगमन टोलिले जानकारी दिएको छ । अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज, नेपालगंज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके, औषधि ब्यबस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय र उपभोक्ता हित संरक्षण मंच बाँकेको सयुक्त टोलि रहेको थियो ।

हालको विश्वब्यापी महाविपत्तीको यस घडीमा पनि मानविय संवेदना समेतको ख्याल नगरी उपभोक्ता ठगि हुन सक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमनको कार्य सुचारु राखिएको उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतमले जानकारी दिए ।

कुनै पनि अत्यावश्यकिय दैनिक उपभोग्य बस्तु तथा सेवाको आपुर्तिमा कमि नरहेको र त्यस्ता पसलहरु संचालन हुने भएकोले सरकारको अनुरोधलाई स्विकार गरी भिडभाड नहुने गरी आफ्नो सबैभन्दा नजिकको पसलबाट बस्तु खरिद गर्नु हुन र मौकाको फाईदा उठाई कालो बजारी गरेको, गुणस्तरहिन समान बिक्रि गरेको पाईएमा तत्काल उजुरी गर्न पनि गौतमले अनुरोध गरेका छन ।