२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

शान्तिनगर क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट नेगेटिभ

शान्तिनगर,
५ वैशाख ।
शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट गरिएको छ ।

जनस्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मी तथा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले आज क्वारेन्टाइनमा रहेका ६ जनाको र्यापिड टेष्ट गरेको र सवैजनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो ।

हालसम्म दाङमा २७ जनाको र्यापिड टेष्ट गरिएकोमा सवैको नेगेटिभ आएको छ । घोराहीमा १०, तुलसीपुर १०, शान्तिनगर ६ र कोरोना विशेष अस्पतालमा १ जनाको र्यापिड टेष्ट गरिएको हो ।