पाल्पा,
५ बैशाख । पाल्पामा गाईले हानेर एक जनाको ज्यान गएको छ ।
पाल्पाको रैनादेवी गाउँपालिका वडा नं. ६ गोहारठाका ५० वर्षीय चन्द्रबहादुर रास्कोटीको गाईले हान्दा ज्यान गएको हो । गाई चराउन जाँदै गर्दा उनलाई गाईले हानेर बाटोबाट करिब १० मिटर तल खसाएको जनाइएको छ ।
गाईले हानेका रास्कोटीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । उनलाई दिउँसोको करिब १२ बजे तिर गाईले हानेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रनि सुरज श्रेष्ठको कमाण्डमा बल्ढेङगढी प्रहरी चौकीबाट प्रसनिको टोली घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिपेन्द्र जिसीले जानकारी दिनुभयो ।