२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

सल्यान कालीमाटीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

सल्यान, 
५ वैशाख ।
सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका ५ वालुवामा  भे १ त ९४४६ नम्बरको ट्याक्टर हुँदा  एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ, भने अर्का जना सामान्य घाइते भएका छन् ।

दुर्घटनामा परी कालीमाटी गाउँपालिका वडा नम्बर ५ जुमखोला बस्ने अन्दाजी २७ बर्षिय छविलाल बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  दुर्घटनामा परी स्थानिय २७ बर्षिया महिला पिमा बोहरा सामान्य घाइते भएकी छिन् ।

कालीमाटीबाट जस्ता पाता र सिमेन्ट बोकेर बालुवा जादैँ  गरेको ट्याक्टर शुक्रबार (आज) बिहान ३ बजेतिर सडक देखी अन्दाजी ४ मिटर तल खसेको प्रहरीले जनाएको छ, भने ट्याक्टर चालक ३६ बर्षिय टिकाराम गाहा मगर फरार रहेको प्रहरीले जनाएको छ ।

लकडाउनका कारण राती ट्याक्टरबाट निमार्ण सामाग्री ओसारपसार गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।