२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

उदयपुर र चितवनमा गरी नेपालमा एकैदिन १४ संक्रमित फेला

काठमाडौं,
५ वैशाख ।
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

चितवनका २ संक्रमित आमाछोरा चैत ३ मा बेलायतबाट आएका थिए :
कोरोना भाइरसको संक्रमण देखिएका चितवनका दुई जना आमाछोरा भएको खुलेको छ । उनीहरु राप्ती नगरपालिका–८ का हुन् ।

६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।