२०७८ कार्तिक ८ गते सोमवार
२०७८ कार्तिक ८ गते सोमवार

पैदल यात्रीलाई खान, बस्न र यातायातको व्यवस्था

दाङ,
६ बैशाख ।
तुलसीपुर उधोग बाणिज्य सघंको नेतृत्वमा दाङ जिल्लाका दशवटा सामाजीक संस्थाहरुको सामुहिक प्रयासमा लकडाउनको समयमा गन्तव्यमा हिँडेका पैदल यात्रीहरुलाई खान, बस्न र गन्तब्य सम्म जान गाडिको ब्यबस्थापन सुरुवात गरिएको छ ।

स्थानिय सरकार, तुलसीपुर उपमहानगरपालिकाका मेयर, वडा नम्बर ५ का वडा अध्यक्ष, प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा ‘मानबिय सेवा आजको आवश्यकता’ भन्ने मुल मान्यता अनुसार सेवा शुभारम्भ गरिएको तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले बताएका छन्।