२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

महिला सामुदायिकको असहाय बालबालिकालाई राहत

देविराम कुसारी,
दाङ ६ वैशाख ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङले कोरोनाको कहरबाट समस्यामा परेका बालबालिकाका परिवारलाई राहात प्रदान गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउनबाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले दाङ जिल्लाका २५ घर परिवारलाई राहात प्रदान गरेको हो । संस्थाका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको संस्थाको आपतकालिन वैठकको निर्णय अनुसार, द्वन्द्वपीडित, गरिब, असहाय वा दैबिक प्रकोपमा परेका बालबालिकाको परिवारलाई राहत प्रदान गरेको संस्थाका संस्थापक अध्यक्ष बिमला योगिले जानकारी दिएकी छन् ।

महिला सामुदायिक सेवा केन्द्र घोराही र प्रजातन्त्र तथा विकास केन्द्र संस्था काठमाण्डौंको साझेदारीमा संचालित शसक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तरगत संस्थाले पढाउँदै गरेका नानिहरुका लागि राहात प्रदान गरिएको संस्थाका बरिष्ठ प्रवन्धक लोकमणी रेग्मीले जानकारी दिए। जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दंगिशरण गाउँपालिका गरी २५ जना असाहय विपन्न बालबालिकाका परिवारलाई चामल, नुन, तेल, दाल, साबुन लगाएतका खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री राहात प्रदान गरेको संस्थाका परिष्ठ प्रवन्धक पवन योगीले जानकारी दिएका छन् ।

संस्थाले प्रजातन्त्र तथा विकास केन्द्र संस्था काठमाण्डौंको साझेदारीमा दाङका ६ सय बालबालिकाहरुलाई पढाउँदै आइरहेको शसक्तिकरणका लागि शिक्षा कार्यक्रमका प्रमुख लक्ष्मी गुप्ताले जानकारी दिईन। संस्थाले पढाएका बालबालिकाहरु स्टाफ नर्स, इन्जिनियर, समाजिक परिचालक, उच्च शिक्षासम्म अध्ययन गर्दै आइेरहेको छ । संस्थाले यस अघि पनि विभिन्न समुदायमा राहत तथा अन्य सहयोग प्रदान गर्दै आइरहेको छ ।