२०७८ साउन १३ गते बुधवार
२०७८ साउन १३ गते बुधवार

नेपालगञ्जको आइसोलेसनमा रहेका एक जनाको मृत्यु

बाँके,
६ वैशाख ।
बाँकेको नेपालगञ्जमा नेपालगञ्ज मेडिकल कलेजको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार आज बिहान बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो ।

दमका बिरामी उनलाई दुई दिनदेखि मेडिकल कलेजको आइसोलेसनको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।आइसोलेसनमा राखिएका मृतक बेहनाको कोरोना परीक्षणको लागि स्वाव परीक्षण नभएको डा. किदवाईले बताए । उनका अनुसार अहिले मृतकको स्वाव परीक्षण गर्ने तयारी थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आइसोलेसनमा बेहनाको मृत्यु भएको पुष्टी गर्दै स्वाव परीक्षण र शवं कहाँ राख्ने भन्नेबारेमा छलफल भइरहेको जानकारी दिए ।