प्रिया स्मृती गजमेर,
देउखुरी ६ वैशाख । देउखुरी उद्योग बाणिज्य संघले अत्यावश्यक सामाग्रीहरुको मुल्यमा एकरूपता कायम गर्न होलसेल तथा खुद्रा मूल्य दर सार्बजनिक गरेको छ । संघले लमहीका स्थानिय व्यापारी तथा होलसेल बिक्रेतासंग छलफल गरि उक्त दररेट लिस्ट सार्बजनिक गरिएको महासचिव कमल जंग सिंह ठकुरीले जानकारी दिए ।
बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले देशमा लकडाउनको घोषणा गरिएको छ । यो लकडाउन कहिलेसम्म रहन्छ यसै भन्न सकिने अवस्था पनि छैन । थोक तथा फुटकर बिक्रेताहरुले आफूखुशी खाद्य पदार्थमा मुल्य बृद्धी गरेको गुनासो आईरहेका बेला संघले खाद्य सामाग्रीको दररेट सार्बजनिक गरेको हो ।
संघले आम सर्बसाधारणलाई सस्तो र सुलभ मुल्यमा अत्यावश्यक सामाग्री उपलब्ध गराउन समेत अनुरोध गरेको छ । त्यस्तै सामान किन्न आउनेहरुका बिचमा पनि सामाजिक दुरी कायम गरी ग्राहक बर्गलाई साबधानीपुर्बक सेवा दिन देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले अनुरोध गरेका छन् ।
देउखुरी उद्योग बाणिज्य संघले लकडाउनको समयमा नगरपालिका भित्रका थोक तथा फुटकर बिक्रेता पसलहरुको निरन्तर अनुगमन पनि गरिरहेको छ ।