२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

६५ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं,
६ वैशाख ।
नेपालमा थप एकमा कोभिड १९ संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन ।

आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।