दाङ,
७ बैशाख । दाङमा माटोको ढिस्कोले पुर्दा एक युवतीको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ७ मानपुर निवासी १८ बर्षीया सर्मिला परियारको माटो खन्न क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर घाइते उनको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिवार बेलुका घर नजिकै घर लिप्ने माटो खन्न गएकी उनलाई माथिवाट झरेको ढिस्कोले पुरेको थियो । लमही अस्पताल पुर्याएकोमा उनको उपचारका क्रममा बेलुका ८ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।