२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

घाँटीमा मासु अड्कीएर सल्यानमा एकको मृत्यु

सल्यान,

७ वैशाख । घाँटीमा मासु अड्कीएर सल्यानमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ का ६९ बर्षिय देवीलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो । शनिबार राती सोही वडाको सल्यानचौर स्थित स्थानीय बालाराम कवरको घरमा धामी झाँक्री गर्न गएका उहाँको आइतवार बिहान तीन वजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्कीएको थियो ।

मासु अड्केपछि उपचारका लागि आइतबार विहान अस्पताल पुर्याउने वित्तिकै डाक्टरले कामीलाई  मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कामीको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीको भनाई छ ।