२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

देउखुरी उधोग बाणिज्य संघद्वारा स्वास्थ्यका सामाग्री प्रदान

प्रिया स्मृती गजमेर,
देउखुरी ७ वैशाख ।
देउखुरीको लमहीमा रहेको देउखुरी उद्योग बाणिज्य संघले लमही नगरपालिकालाई स्वास्थ्य सामाग्री चार थान थर्मल गन र नौ सय ग्लोब्स हतान्तरण गरेको छ ।

बाणिज्य संघको टोलिले लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलाई कार्यकक्षमै पुगेर ती सामाग्री हस्तान्तरण गरेका हुन् । देश अप्ठ्यारो परिस्थितिमा निजि संघ सस्थाले पनि राज्यलाई सहयोग गर्नु पर्ने दायित्व भएकोले ती हस्तान्तरण गरिएको बाणिज्य संघका महासचिब कमल जंग सिँह ठकुरीले जानकारी दिए।

लमही नगरपालिकालाई प्राप्त भएका ती स्वास्थ्यका सामाग्री लमही अस्पताल, सोनपुर स्वास्थ्य चौकी, सतबरिया स्वास्थ्य चौकी र लमही नगरपालिकाको स्वास्थ्य शाखामा एकएक वटा राखिने स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिए ।