२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मस्जिदमा सामूहिक नवाज पढ्दै गरेका १४ जना नियन्त्रणमा

बुटवल,
७ वैशाख ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाको एक मस्जिदमा सामूहिक नवाज पढ्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा नम्बर ७ धुपहीको मस्जिदमा सामूहिक नवाज पढ्ने १४ जना स्थानीयलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शम्सेर जबराले बताए।

कपिलवस्तुका विभिन्न मस्जिदहरुमा अहिले पनि सामूहिक नवाज पढ्ने गरिएको भन्ने सूचनाका आधारमा धुपहीको मस्जिदमा अनुमगन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राणाले बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयक्त टोलीले मस्जिदबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो। जिल्लामा रहेका १ सय १४ मस्जिद सहित मदरसा, चर्च तथा सामूहिक पूजाआजा हुनसक्ने मन्दिरहरुमा अनुगनसमेत गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

मस्जिद सहित जिल्लाका सबै धार्मिकस्थल सुरक्षाकर्मीको निगरानीमा रहेको उनले बताए। जिल्लाका मुस्लिम अगुवाहरुले समेत शुक्रबार र अन्य दिनको नवाज घरमै पढ्न अपिल गरेका छन्। यसअघि जिल्ला प्रशासनले क्वारेण्टाइनभन्दा बाहिर रहेको भन्दै एक पाकिस्तानी नागरिकलाई पक्राउ गरेको थियो। उनलाई हाल शिवाज नगरपालिकाको एक क्वारेण्टाइनमा राखेर निगरानी गरिरहेको प्रजिअ पौडेलले जानकारी दिए । ती व्यक्तिको आरडीटी परिक्षणमा कोरोना नेगेटिभ आएको प्रजिअ पौडेलले बताए।

जनवरी २१ तारेखका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल छिरेका ती व्यक्ति ३ महिने टुरिष्ट भिसामा आएका हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रजिअ पौडेलले बताएको खबर थाहाखबरमा प्रकाशित छ ।