२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

फार्मेसी संघ दाङले घरघरमा औषधी पुर्‍याइदिने

दाङ,
७ वैशाख ।
नेपाल फार्मेसी संघ दाङ शाखाले अतिआबश्यक औषधी घरमै पुर्‍याउने भएको छ । पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नं. १५ मा घरमै औषधी पुर्याउने संघका अध्यक्ष सुलभ अधिकारीले बताए ।

आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका जुनसुकै ठाउँमा पनि घरमै औषधी पुर्याउन सकिने अध्यक्ष अधिकारीको भनाई छ ।

नियमित औषधी खानुपर्ने भएपनि लकडाउनले औषधी लैजान कठीन भएको कुरालाई मध्येनजर गरि यस्तो सेवा प्रदान गर्न थालिएको उनले बताए । दाङ च्याम्बर अफ कमर्स संग समन्वय गरि ‘एक कल, समस्या हल’ मार्फत उक्त सेवा प्रदान गर्न थालिएको हो ।

सरकारले कोरोना भाइरस फैलिन नदिन तथा रोकथामका लागि गरेको लकडाउनको समयमा समस्या परेकाहरुलाई यसले सहज बनाउने उनको भनाई छ ।