२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

लकडाउन उल्लघंन गरेर मर्निङवाक गर्ने ५ जना पक्राउ

लमही,
८ वैशाख ।
लकडाउन उल्लघंन गर्दै मर्निङवाकमा निस्कीएका पाँच जना व्यक्तिलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । विहान बजार निस्कीएका पाँच व्यक्तिलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक पुरान मल्लले जानकारी दिनुभयो ।

‘लकडाउन छ । घर बाहिर निस्कन हुदैन भन्ने थाहा हुँदाहुँदै पनि मान्छेहरु मर्निङवाकको नाममा निस्कने क्रम बढेपछि हामीले पक्राउ गर्नु परेको हो’उहाँले भन्नुभयो–‘अटेरी गर्नेहरुलाई नियमित रुपमा पक्राउ गर्दै आएका छौं ।’

दाङमा लकडाउन उल्लघंन गर्ने व्यक्तिलाई प्रहरीले हरेक दिन पक्राउ गर्दै आएको छ । तर, पनि लकडाउन उल्लघंन गर्नेहरुको संख्या भने घटेको छैन् ।