२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

लकडाउनले किसानका तरकारी कुहिन थाले

प्रिया स्मृती गजमेर,
देउखुरी ८ वैशाख
। लकडाउनले गर्दा देउखुरीमा किसानले लगाएको तरकारी बारीमै कुहिन थालेका छन् । सरकारले अत्यावश्यक सवारी साधन बाहेक अन्य गाडीहरु चलन नदिएपछि किसानले लगाएका तरकारी बजार सम्म आउन नसक्दा कुहिएर जान थालेका हुन् ।

लमही नगरपालिका वडा नम्बर ८ का किसान खुशीराम चौधरीले करिब ५/७ कट्ठा जग्गामा टमाटर खेति गरेका छन् । शुरु शुरुमा आठ दश किलो साईकलमा लिएर बजारमा बिक्रि गरे तर सबै टमाटर पाकेपछि न साईकलबाट बजार ल्याउन सके न बजारका ब्यापारी गाउँ गएर ति टमाटर ल्याउन नै सके । खुशीराम चौधरीले लमही बजारका एक तरकारी व्यापारीलाई थोकमा बिक्रि गर्दै आएका थिए ।

‘लकडाउनले बन्द भएपछि चौधरीले फलाएका टमाटर बारीमै कुहिएर जान थालेका छन् । मैले तरकारी दिने व्यापारीको गाडी छैन मैले साईकलमा लगेर जान सक्दैन पाकेका टमाटर कुहिनुको बिकल्प छैन’ चौधरीले भने । पाकेर तयार भएका टमाटर लमही बजारमा उनले प्रति किलो चालिस रुपैयाँका दरले बेच्ने गर्दथे । गाउँसम्म पुगेर किन्नेहरुलाई भने तिस रुपैयाँ किलोमा बेच्ने गरेका छन् । कुहिएर फाल्नु भन्दा घरमा आएका ग्राहकलाई तिस रुपैयाँ किलोमा बेच्ने गरेको चौधरीले सुनाए ।

दुख मेहनत उठ्ने आश त् मरि सक्यो तैपनि यसो नुन, तेल, साबुन, सराफ किन्ने पैसा आउछ कि भन्ने मात्र हो । चौधरी जस्ता धेरै तरकारी खेति गर्ने किसानलाई लक डाउनले मारमा पारेको छ । ग्रामिण भेगमा फालेका टमाटर, बोडी, लौका, करेला, खुर्सानी लगायतका तरकारी बजार सम्म आउन नपाउदा दैनिक किनेर खाने सेवाग्राहीले पनि महँगो मूल्य तिरेर किन्न बाध्य छन् । वडा नम्बर ८ कै गणेश चौधरीको बारीमा पनि लटरम्म लौका र करेला फलेको छ । उनको पनि समस्या खुशीरामको जस्तै छ । गाउँ देखि बजार सम्म लैजाने गाडी छैन । देउखुरीका किसानका बारीमा यति बेला सयौ किलो तरकारी फलेको छ तर दिनमा दुई चार किलो बहुत मुस्किलले बिक्ने गरेको छ ।

सरकारले लक डाउन त् गर्यो तर किसानले फलाएका तरकारी बजार सम्म लैजान सक्ने वातावरण गर्दिन सकिन गणेशले भने । तरकारीलाई नै मुख्य पेशा बनाएर ब्यबसाय गरिरहेका किसान वास्तब मै यति बेला मारमा परेका छन् । अफ सिजनको तरकारी खेतिबाट लाखौ रुपैयाँ आम्दामी गर्ने किसान यति बेला घुईयाको भाउमा तरकारी बेच्न बाध्य छन् । अझै पनि यहाँका किसानका बारीमा भएका तरकारीलाई बजार व्यवस्थापन गर्न सकियो भने सेवाग्राहीले ताजा तरकारी खान पाउने र किसानले फलाएका तरकारी पनि बिक्रि हुने थिए । किसानले उब्जाएका तरकारीलाई स्थानिय बजार सम्म लगेर बेच्ने वातावरण गराई दिन स्थानीय सरकारलाई अनुरोध गरेका छन् ।