२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

सल्यानमा दुबईबाट आएका एक युवाको रिपोर्ट पोजेटिभ

सल्यान,
८ बैशाख ।
सल्यानका एक युवामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । सोमबार श्रीनगरमा आरडीटी परीक्षण गर्दा ती युवाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले जानकारी दिनुभयो ।

अहिले उनलाई जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा राखिएको छ । ती युवाका परिवारका अन्य पाँच जनालाई पनि अहिले अस्पताल ल्याएर र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्न लागिएको प्रमुख बुढाले बताउनुभयो ।

र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट पोजेटिभ आएपछि उक्त युवाको स्वाब संकलन गरेर मंगलबार सुर्खेतस्थित प्रयोगशालामा पठाइने स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । १० वटै स्थानीय तहका भारत तथा तेस्रो मुलुकाबाट आएकाहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्ने क्रममा सोमबार ती युवाको रिपोर्ट पोजेटिभ आएको हो ।

सल्यानमा अहिलेसम्म र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएका ४ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको छ । अहिले नै र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणलाई अन्तिम नभएको डा. बुढाले बताउनुभयो ।

ती युवा गत चैत ५ गते दुबईबाट काठमाडौं आएका थिए, भने ६ गते सल्यान आइपुगेका थिए ।