बर्दिया,
८ वैशाख । लकडाउनको मौका छोपी तस्करले बर्दिया राष्ट्रिय निकुञ्जमा २२ वटा रुख काटेका छन् । निकुञ्जको ढकेला मध्यवर्ती सामुदायिक वन र कतरनिया मध्यवर्ती सामुदायिक वनमा विभिन्न जातका ठूला ठूला रुख काटिएको छ ।
रुख ढालेरे ओसारपसार गरेको जानकारी पाउना साथ निकुञ्जको टोलीले भे १ स ७८९३ नम्बरको टेम्पो र बारबर्दिया नगरपालिका—९ ढकेलाका कालुराम थारुलाई नियन्त्रणमा लिएको छ ।
उनीसँग आएका पाँच जना फरार रहेको निकुञ्जका रेन्जर हर्ष बहादुर सिंहले बताए । रुख ढालेर गोलिया बनाई टेम्पोमा लोड गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । लोड गर्ने क्रममा सुरक्षाकर्मी देख्नासाथ उनीहरु फरार भएको रेञ्जर सिंहले बताए । उनीहरुको खोजी भइरहेको छ ।
केही दिन अघि यसै सामुदायिक वनमा एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको थियो । लक डाउन सुरु भएयता वन्यजन्तु,काठ तस्करी र नदीजन्य पदार्थ ओसार पसार गर्ने ५५ जना पक्राउ परिसकेका छन् ।