२०७७ कार्तिक ८ गते शनिवार
२०७७ कार्तिक ८ गते शनिवार

करेन्ट लागेर दुई जनाको मृत्यु, ७ जना घाइते 

काठमाडौं,
९ वैशाख ।
धादिङको थाक्रे गाउँपालिका ३ मल्दुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन जाँदा घरमा विद्युतीय सामग्री चलाउने क्रममा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षका सानोमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति पौने ११ बजे ट्रान्समिटर पड्किएर  भएको घटनामा सोही गाउँका अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्था र दुई जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।