२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

व्यवसायी कुटपिटमा संलग्न दोषीलाई कारबाहीको गर्न माग

शान्तिनगर,
९ वैशाख ।
दाङ जिल्ला उद्योग वाणिज्य सिसहनियाँ शाखाको उद्योग वाणिज्य संघको कार्य क्षेत्र भित्र पर्ने राप्ती गाउँपालिका ८ पिपरी स्थित बर्षा किराना पसलका प्रोप्रराईटर नन्दराम गुप्ता लगायत उनको घर परिवारका अन्य सदस्यहरुलाई भौतीक आक्रमण गर्नेलाई कारवाही गर्न दाङ जिल्ला उद्योग वाणिज्य शान्तिनगर शाखाले माग गरेको छ ।

संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्माले आज मंगलवार प्रेस बिज्ञप्ती जारी गरी दोषीलाइ कारवाहीको माग गरेका हुन । चौधरीले पसलमा सामान विक्री गरि रहेको अवस्थामा भौतिक आक्रमण गरी गम्भिर घाइते बनाएकोमा संघको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । वर्तमान विषम परीस्थीतीमा आफ्नो र परिवारको स्वास्थ्य समेत जोखिममा राखेर आम उपभोक्तालाई सहज ढङ्गले सेवा गरी रहेका निजी क्षेत्रका उद्योगी व्यवसायी माथीको आक्रमणले जनजिवन झनै असहज र कष्टकर हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गुप्ता लगायत परिवार जनलाइ भौतिक आक्रमण गर्ने कालिचरण चौधरीलाई कडा भन्दा कडा कारबाही गर्नको लागी स्थानीय प्रशासन समक्ष जोडदार माग गरिएको छ । साथै आगामी दिनहरुमा उद्योेगी व्यवसायीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न विज्ञप्तीमा भनिएको छ ।