२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

नेपाली काँग्रेसद्वारा ७१ जना मजदुरको उद्दार

प्रिया स्मृती गजमेर,
देउखुरी ९ वैशाख ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले कामको शिलसिलामा जिल्ला बाहिर गएका मजदुरहरुको उद्दार गरेको छ ।

लकडाउनका कारण उधोग कलकारखाना बन्द भएपछी ती मजदुर काठमाण्डौ र गुल्मी जिल्लाबाट घर फर्कन लागेकालाई दाङको कालाकाटेबाट गाडी ब्यवस्था गरेर गन्तव्य तर्फ पठाएको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए । बर्तमान परिस्थितिमा काँग्रेस सत्ता बाहिर भएपनी बिपदको बेला अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गरेर उनिहरुको उद्दार गरिएको सभापति पाण्डेले बताए ।

पश्चिम नेपालका बझाङ, कैलाली, दाङ जान ७१ जना पैदल हिँडेर दाङको कालाकाँटेमा आई पुगेको खबर पाएपछी हाम्रो पार्टीको निर्देशन अनुसार गाडीको ब्यवस्था गरेर उनिहरुलाई खाजा नास्ता समेत खुवाएर गन्तव्यमा पुर्याएको पाण्डेले जानकारी दिए ।