२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

जनतालाई भोकै मर्न दिन्न – सांसद चौधरी

प्रिया स्मृती गजमेर,
देउखुरी ९ वैशाख ।
प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको सचिवालयले लकडाउनले प्रभावित बनेका तथा अतिविपन्न घर परिवारलाई वितरण गरेको राहतको बारेमा लमहीमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

दाङ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको सचिवालयले संकलन गरेको खाद्द्य सामाग्री दाङ निर्वाचन क्षेत्र नं। १ अन्र्तगत लकडाउनका कारण प्रभावित बनेका, विछडिएको क्षेत्रका घर परिवारलाई वितरण गरेको राहतको बारेमा मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गरेका हुन् ।

गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा १ सय ९० घर, बैशाख ३ गते तुलसिपुर उपमहानगरपालिका अन्र्तगतका अति विपन्न बर्गका १ सय १० घर, बैशाख ५ गते घोराही उपमहानगरपालिका अन्तर्गत १० घर परिवारलाई राहत वितरण गरिएको सांसद चौधरीका सचिवालयका सदस्य सुरामनी बेल्वासेले जानकारी दिए ।

यस्तै सचिवालयका सदस्य सुरामनी बेल्वासेलेका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाही, मनौरा, भौवानाकामा २ सय ५६ घर परिवारलाई राहत खाद्यान्न वितरण गरिएको थियो । सांसद चौधरीको सचिवालयले ८ हजार ८ सय किलो चामल, ६ हजार ३ सय ५० किलो सोयाविन, नुन ५ सय ५६ किलो, खाने तेला ४ सय २८ लिटर, हातधुने साबुन २ सय ७१ पिस, पिठो १ हजार २५ किलो, दाल ५ सय ५ किलो, चिनि २५ किलो, आलु ३ सय किलो र खुर्सानी ५० किलो सामाग्री निर्वाचन क्षेत्र र निर्वाचन क्षेत्र भन्दा बाहिर पुगेर वितरण गरिएको हो ।

अहिलेसम्म ५ सय ८१ घर परिवारलाई राहत वितरण गरिएको सचिवालय सदस्य बेल्वासेले बताए । यसैगरी २ हजार ३ सय पिस मास्क, सेनिटाइजर ५ सय लिटर, पंजा ११ सय ४० पिस, पि।वि।सि। ७ सेट दाङ जिल्ला भरी वितरण गरिएको छ । यस्तै ४० कुन्टल खाद्द्य सामाग्री नाका क्षेत्रमा पुर्याउने प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले बताए । ‘लकडाउन लम्बिने संभावना भएकोले लमहीमै राहत संकलन गोदाम बनाउने योजना रहेको छ ।’ आफ्ना क्षेत्रका कसैलाई पनि भोकै मर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।