शान्तिनगर,
९ वैशाख । शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर तथा बिष्णपुरमा ज्याला मजदुरी गरि खाने परिवारलाई आज खाद्यान्न बितरण गरिएको छ ।
समाजसेवि तथा ब्यापारी बेगेन्द्र शाह, अभियान बस्नेत र होम प्रसाद गौतमको संयुत्तm आर्थिक सहयोग तथा स्थानीय समाजसेवी युवा बिमल खड्काको सकृयतामा अति बिपन्न समुदायका करिब ३५ घर परिवारलाइ अत्याबश्यक खाद्यान्न समाग्री बितरण गरिएको हो ।
लकडाउनका बेला ज्याला मजदुरी गर्ने करिब ३५ घर परिवारलाई स्थानिय तहले बितरण गरेको पहिलो चरणको खाद्यान्न सकिनै लागेको जानकारी आफुले पाएपछी अलिकति सहयोग गरेको उनले बताए ।
सहयोगमा ५०० किलो चामल, ३५ केजी दाल र ३५ लिटर तेल रहेको थियो ।