प्रिया स्मृती गजमेर,
देउखुरी १० वैशाख । कुकुरले टोकेर गम्भीर घाइते भएको रतुवाको उपचारको क्रममा मृत्यु भएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जङलबाट गाउँ निस्केको रतुवालाई गाउँले कुकुरले लखेटेर घाइते बनाएका थिए ।
कुकुरको लखेटाई र टोकाई बाट गम्भीर घाइते भएको उक्त रतुवाको उपचारको क्रममा मृत्यु भएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविण विडारीले बताए । मंगलवार बेलुकी ५ बजेतिर गाउँमा कुकुरले लखेटेर घाइते बनाएको अन्दाजि १८ किलोको रतुवा उपचारको क्रममा मृत्यु भएको हो ।
कुकुरको टोकाइबाट गम्भीर घाइते भएको स्थानियहरूले खबर गरेपछी वनको टोलि उक्त स्थानमा पुगेको थियोे । मृत्यु भएको रतुवालाई लमही सव डिभिजनको कम्पाउण्डमा गाडिएको प्रमुख बिडारीले जानकारी दिए ।