प्रिया स्मृती गजमेर,
दाङ १० वैशाख । दाङ निर्माण व्यवसायी संघले दाङका दश वटै स्थानीय तहलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ ।
कोरोना भाइरसका कारण ज्यालामजदुरी गरेर दैनिकी छाक टार्नेहरु समस्यामा परेपछि संघले ति मानिस सम्म पुगोस भनेर खाद्यान्न स्थानिय तहलाई उपलब्ध गराएको हो । संघले दाङका सबै स्थानिय तहका प्रमुखलाई आफुहरुले दिएको राहत समस्यामा परेका वास्तविक पिडितको पहिचान गरेर प्रदान गर्न समेत आग्रह गरेको छ ।
संघले आजै बुधवार दाङका दश वटै पालिकालाई दश क्युन्टल खाद्यान्न का दरले राहत प्रदान गरेको हो । देशमा आपत विपद भएको बेला भोकभोकै कसैले पनि मर्न नपरोस भनेर खाद्यान्न उपलब्ध गराएको दाङ्ग निर्माण व्यवसायी संघले जनाएको छ ।
‘कामको शिलशिलामा जिल्ला बाहिर गएकाहरु उधोग कलकारखाना सबै बन्द भएपछी गृह जिल्ला फर्किनेको संख्या दैनिक बढिरहेको छ । कतिपय ज्यालामजदुरी गरेर आफै जिबिका चलाउनेहरु काम बिहिन भएर घर फर्किदा उनीहरुको चुल्होमा आगो बल्न छोडीसकेको छ । दुःख सुख गरेर पाएको दुई चार बोरा चामल सकिन लागेपछि काम गरेर छाक टार्नेहरु थप चिन्तित हुन् थालेका छन् । काम गरेरै दैनिक गुजार्नेहरूको संख्या जिल्लामा धेरै छन् । यस्ता समुदायको पहिचान गरेर समयमै राहत उपलब्ध गराउन आबश्यक छ ।
अति बिपन्न र काम गरेर मात्रै खान पाउने समुदायको लागि राज्य पनि छ, राज्यले पनि सहयोग गर्ला तर हामीले पनि केहि सहयोग गर्न पर्छ भन्ने व्यवसायीहरुको सल्लाह भए पछि दाङका सबै स्थानिय पालिकामा खाद्यान्न उपलब्ध गराएका हौं’ दाङ निर्माण ब्यबसायी संघका महासचिव कोस बहादुर रोका मगरले भने ।