२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

उदयपुरमा थप १ जनामा कोरोना पुष्टिसंगै संक्रमितको संख्या ४३

काठमाडौ,
१० वैशाख ।
उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए।

उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताए।

यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो। श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन्। यो सँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको। उनीहरू सबै भुल्केका हुन्।