२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

नेपालमा कोरोना संक्रमित संख्या ४५ पुग्यो, निको हुने ७ जना

काठमाडौं,
१० वैशाख ।
बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो। यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने त्यसमध्ये ७ जना निको भएर फर्किएका छन्। मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।