शान्तिनगर,
१० बैशाख । शान्तिनगर गाउँपालिकाले वडा नम्बर ३ को बिपि माध्यमिक बिद्यालय बयालेमा संचालनमा ल्याएको २० बेडको क्वारेन्टाइनमा भर्ना भएका १६ जना मध्ये ९ जनालाई आज डिस्चार्ज गरिएको शान्तिनगर स्वास्थ्य शाखा संयोजक हरि पुनले जनाएका छन् ।
डिस्चार्ज गरिएका मध्ये ४ जनाको आरडिटि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र अन्य ५ जनालाई सामान्य चेक जाँच गरी डिस्चार्ज गरिएको जनाइएको छ । साथै आजै शान्तिनगर वडा नम्बर २ का दुई जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
उनीहरु ज्याला मजदुरीका लागि झापा गएको संयोजक पुनले जनाएका छन् । क्वारेन्टाइनमा ९ जना रहेको र उनीहरुको आरडिटि परिक्षण पछि डिस्चार्ज गरिने जनाइएको छ ।
शान्तिनगर गाउँपालिकाले गत चैत १७ गते देखि क्वारेन्टाइन संचालनमा ल्याएको हो ।