२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

आज मातातिर्थ औँशी, आमाको मुर्ख हेर्ने दिन

११ वैशाख ।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी‘
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

माथीको संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् ।आज मातातिर्थ औंशी । अर्थात् जन्मदिने आमाको मुर्ख हेर्ने दिन । आज श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गरेर मनाइँदै छ।

हरेक वैशाख कृष्णपक्ष औँशीको दिन ९ महिना गर्भमा राखेर निकै कष्ट सहेर जन्मदिने आमालाई सम्झिने दिन । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

तर यसवषैको मातातिर्थ औंशी भने अन्य वर्षहरुको तुलनामा देशभर गरिएको लकडाउनका कारण सुनसान छ ।

आमा हुनेहरुले आमालाई बिहान भेटेर मिठो खानेकुरा खुवाएर, सम्मान गरेर मनाउने गर्दछन् भने आमा नहुनेहरुले आमाको सम्झनामा बत्ति बाल्ने गर्दछन् ।