काठमाडौं,
११ वैशाख । सरकारले लकडाउन गरेको आज एक महिना पुरा भएको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले पहिलो पटक गएको चैत्र ११ गतेदेखी १८ गते सम्म लकडाउन गरेको थियो । कोरोना भाईरसको जोखिम बढ्दै गएको भन्दै सरकारले फेरी दोस्रो पटक लकडाउनको समयावधी थप गरी चैत २५ गते सम्म , त्यसपछि बैशाख ३ गते र चौथो पटक समयावधी थप गरी आगामी बैशाख १५ गते सम्म लागु गरेको छ ।
सरकारले लकडाउन गरेसंगै देशभर अत्यवश्यक काम बाहेक सम्पुर्ण कामकाज, यातायातका साधन, उद्योग, कलकारखाना, कार्यालय सवै ठप्प रहेको छ । बन्दाबन्दीका कारण अत्यावश्यक नागरिक बाहेक अन्य नागरिक घरमै बसेका छन् ।सवारी साधन नचलेपछि कयौ नागरिक हप्तौ समय सम्म लामो दुरीमा पैदल यात्रा गरेरै घर सम्म पुग्ने गरेका छन् ।
नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ४५ पुगेको छ भने ७ जना विरामी स्वास्थ्य उपचारपछि निको भएर घर फर्किएका छन् ।