२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा वडा सचिवद्वारा वडा कार्यालयमै आत्महत्या

बबई,
११ वैशाख ।
दाङका एक वडा सचिवले आत्महत्या गरेका छन् । जिल्लाको बबई गाउँपालिका वडा नं. १ का वडा सचिव हरिप्रसाद पन्थी कार्यालयमै झुण्डिएको अवस्थामा भेटिएको दाङ जिल्ला प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार वडा सचिव पन्थी बिहीबार बिहान ८ बजेतिर झुन्डिएको भनिए पनि प्रहरीले दुई घन्टापछि जानकारी पाएको थियो। ३६ वर्षीय पन्थी कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ का बासिन्दा हुन्।

उनले दुई महिना अगाडि मात्रै वडा सचिवमा नाम निकालेको खुल्न आएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। सचिवमा नाम निकालेपछि पन्थी सो वडामा मा पोष्टिङ भएका थिए। उनी वडा कार्यालयमै बस्दै आएका थिए।