२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

अमेरिकी ग्रीनकार्ड र डिभी लोट्री स्थगित

काठमाडौं,
११ बैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । पछिल्लो कदमसँगै अमेरिका प्रवेशका लागि बाटो खुलेकोमा ढुक्क भएका केही मानिसहरुको ग्रीनकार्ड रद्द हुने भएको छ। अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न यो कदम चालिएको ट्रम्पले उल्लेख गरेका छन्।

आलोचकहरुले ट्रम्पको यो कदमलाई कोरोना महामारीका बेला उनले लिएको कट्टरपन्थी आप्रवासन नीति कार्यान्वयन गर्ने प्रयास भएको संज्ञा दिएका छन्। ट्रम्पले राष्ट्रपति चुनिनु अघिदेखि नै आप्रवासन नीति र आप्रवासीहरुमाथि निशाना साँध्दै आएका छन्।

कोरोना भाइरस संक्रमण अवस्थाबारे जानकारी दिन ह्वाइटहाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, यो कदमले अमेरिकी नागरिकलाई रोजगारी सुनिश्चित गराउनेछ, हाम्रो अर्थतन्त्र खुल्नासाथ पहिलो चरणमा अमेरिकीहरुले नै रोजगारी पाउनेछन्।