२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

१४ वर्षीय बालक र एक महिलामा कोरोना पुष्टि, संक्रमित ४७ जना

काठमाडौं,
११ वैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। आज बिहीबार थप दुई जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।

त्यसैगरी बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ५८ वर्षीय पुरुष र ५१ वर्षीया महिला डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ।