बाँके,
११ वैशाख । बाँकेको बैजनाथका ३ जना बालकको नालीमा डुबेर ज्यान गएको छ । बैजनाथ गाउँपालिका २ पितमारीमा तीन जना बालकको शव भेटिएको हो ।
बिहिबार दिउँसो नालामा पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा बैजानाथ गाँउपालिका २ पितमारी बस्ने १२ वर्षका नरेश कुँवर, १२ वर्षकै नबिन परियार र ११ वर्षका अनित रावत रहेका छन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दसहितको प्रहरी टोली अहिले घटना स्थलमा पुगेको थियो ।