२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

शान्तिनगरमा ९ सय ८१ घर परिवारलाई राहत वितरण

शान्तिनगर,
१२ बैशाख ।
शान्तिनगर गाउँपालिकाले लकडाउनका कारण साँझ बिहानको छाक टार्न मुस्किल पर्ने अति बिपन्न, असाहय बर्गहरुका लागि पहिलो चरण अन्तर्गत ९ सय ८१ घर परिवारलाइ राहत बितरण गरेको छ।

जस अन्तर्गत वडा नम्बर एकमा २५०, दुईमा १८७, तीनमा २२३ त्यसै गरी चारमा ११५, पाँचमा ५५, छ मा ६६ र सातमा ८५ गरी जम्मा ९८१ घर परिवारलाई चामल २३ हजार १ सय १५ केजि , दाल ३ हजार ७ सय ३६ केजि, खानेतेल ९८१ लिटर , पोका नुन ९८१ के जि त्यसै गरी आटा ४७० केजि र स्वायाबिन ९४ केजि बितरण गरिएको शान्तिनगर गाउँपालिकाका सूचना प्रबिधि शाखा प्रमुख रबिन रेग्मीले जनाएका छन।

गाउँपालिकाले प्रती घरपरिवारका लागि २५ केजि चामल , ४ केजि दाल, १ केजि नुन र १ लिटर खाने तेल उपलब्ध गराएको थियो। उता गाउँपालिकाले स्थापना गरेको राहत कोषमा अहिलेसम्म विभिन्न संघसस्थाबाट ६१ हजार १ सय १५ रुपैयाँ जम्मा भएको गाउँपालिकाका स्टोर शाखाका प्रमुख नन्दराम केसिले जानकारी दिएका छ्न। गाउँपालिकाले दोस्रो चरणको राहत बितरण केही दिनपछि गर्ने पनि जनाइएको छ।